बुन्डेसलिगामा बोरुसिया डर्टमण्डको उपाधि होड कायमै

जेष्ठ १९, २०७७ | काठमाडौं

बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगामा उपाधि होड कायमै राखेको छ । गएराति पुछारको पार्डाबोनलाई ६–१ को फराकिलो गोल अन्तरले हराउँदै उसले शीर्ष स्थानको बार्यन म्युनिखमाथि दबाब बनाएको छ । 

डर्टमण्डको जितमा जाडोन सान्चोले ह्याट्रिक गरे । यस्तै, थोर्गन हाजार्ड, अच्राफ हाकिमी र मार्सेल स्मेल्जर एक एक गोल गरे । पार्डाबोनका उवे हुएनेमिरले एक गोल फर्काए । पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि डर्टमण्डले दोस्रोमा गोलको वर्षा गरेको थियो ।

जितपछि डर्टमण्डले बायर्नसँगको अंक दूरी ७ मा झारेको छ । डर्टमण्डले २९ खेलबाट ६० अंक जोडेको छ । बायर्नको ६७ अंक छ । पुछारमा रहेको पार्डाबोनको १९ अंक छ ।

यस्तै, घरेलु मैदानमा भएको खेलमा युनियन बर्लिनलाई ४–१ गोलले हराउँदै बोरुसिया मोन्चेनग्लाडबाख बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लिएको छ । उसको जितमा मार्कस थुरामले दुई गोल गरे । 

फ्लोरिन न्यू हाउस र अलासेन प्लियाले एक/एक गोल थपे । बर्लिनका सेबास्टियन एण्डरसनले एक गोल फर्काए । मोन्चेनग्लाडबाखले २९ खेलमा ५६ अंक जोडेको छ । बर्लिन ३१ अंक सहित लिगको १४ औं स्थानमा रहेको छ ।


प्रतिक्रिया