भारतीय क्रिकेट टोली अझैं २ महिना मैदान नउत्रने

जेष्ठ २१, २०७७ | एजेन्सी

कोरोना माहामारीका कारण खेलकुद गतिबिधि ठप्प रहेको भारतमा तत्काल प्रशिक्षणको संभावना नरहेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले जनाएको छ । 

मार्च २५ बाट रोकिएका गतिबिधि सुरु गर्ने/नगर्ने अन्यौलका बीच बीसीसीआईले क्रिकेट टोलीको प्रशिक्षण अगष्ट सेप्टेम्बरयता संभव नहुने स्पष्ट पारेको हो । आसन्न बैदेशीक भ्रमणका लागि भारतीय टोलीलाई तत्काल प्रशिक्षणमा राख्ने अनुमानका बिच बीसीसीआईको निर्णय सार्बजनिक भएको छ ।

यो निर्णयसंगै भारतीय टोलीको श्रीलंका भ्रमण अन्यौलमा परेको छ । बीसीसीआईले आगामी परिस्थिती मुल्याङकन गरी क्याम्पको मिती निर्धारण गर्ने जनाएको छ । माहामारी पछि ईङल्याण्ड, वेष्ट ईण्डिज र श्रीलंकन क्रिकेट टोली भने प्रशिक्षणमा फर्किसकेका छन् । 


प्रतिक्रिया