इङलिस प्रेमियर लिगका शुरुवाती चरणका खेल तालिका सार्वजनिक

जेष्ठ २३, २०७७

– इङलिस प्रेमियर लिग आयोजकले १ सय दिनको स्थगनपछि शुरु हुन लागेको लिगका शुरुवाती चरणका खेल तालिका सार्वजनिक गरेको छ । प्रेमियर लिग यही जुन १७ बाट पुन: शुरु हुँदैछ । 

आयोजकले पहिलो चरणमा हुने ३२ खेलको तालिका सार्वजनिक गरेको हो । १७ जुनमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । सोही दिन म्यानचेस्टर सिटी र आर्सनलबच िपनि खेल हुनेछ । प्रेमियर लिगका प्रमुख कार्यकारी रिचर्ड मास्टर्स्ले लिगका बारेमा दर्शक र शुभचिन्तकहरुलाई नयाँ खबर दिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । 

दर्शकहरुको उपस्थिति बिना प्रतियोगिता आयोजना गर्नपर्दा दु:ख लागे पनि टेलिभिजन र रेडियोबाट हुने प्रत्यक्ष प्रसारणबाट लाभ उठाउन उनले आग्रह गरेका छन् ।

आयोजकले आगामी जुलाई २ सम्मको खेल तालिका सार्वजनिक गरेको छ । सो अनुसार ३२ औं खेलका रुपमा ब्राइटन र म्यानचेस्टर युनाइटेड आपसमा भिड्नेछन् । 


प्रतिक्रिया