रियलले मायोर्कासँग प्रतिस्पर्धा गर्दै

असार १०, २०७७ | एजेन्सी

स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको रियल मड्रिडले आज कमजोर प्रतिद्वन्द्वी मायोर्कासँग प्रतिस्पर्धा गर्दैछ । रेलिगेशन जोनमा रहेको मायोर्कालाई हराउन सके रियल पुन: शिर्ष स्थानमा पुग्नेछ । 

रियलको घरेलु मैदानमा नेपाली समयानुसार राती पौने २ बजे यी दुई टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । ६५ अंकमा तालिकाको दोस्रो स्थानमा रहेको रियल पछिल्ला ३ खेलमा अपराजित छ । 

उपाधिका लागि तिब्र प्रतिस्पर्धा रहेको ला लिगामा ७ चरणका खेल मात्र बाँकी रहेको छ । त्यसैले आफ्नो अवस्था सुधार्न दुबै टोली लागि परेका छन् । २६ अंकमा तालिकाको १८ औं स्थानमा रहेको मायोर्का पनि रेलिगेशनबाट माथि उठ्न संर्घषरत छ ।

त्यसअघि नेपाली समयानुसार राती सवा ११ बजे डिर्पोर्टिभो अलाभेष र ओसासुना तथा रियल सोसिडाड र सेल्टा डी भिगोबिच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया