हाफिजसहित ६ खेलाडीमा कोरोना रिर्पोट नेगेटिभ

असार १३, २०७७ | एजेन्सी

ईङल्याण्ड भ्रमणको तयारीमा रहेको पाकिस्तात क्रिकेट टोलीका ६ खेलाडीमा कोरोना भाइरस संक्रमणको दोस्रो परीक्षण रिर्पोट नेगेटिभ आएको छ । मोहम्मद हाफिजसहित वहाव रियाज, फाकर जमान, सदाब खान, मोहम्मद रिजवान र मोहम्मद हसनैनको दोस्रो परिक्षण रिर्पोट नेगेटिभ आएको हो । 

कासिफ भाटि, ह्यारिस रौफ, हैदर अली र ईमरान खानको भने दोस्रो रिर्पोट पनि पोजेटिभ आएको पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले जनाएको छ । पिसीबीका प्रमुख कार्यकारी वासिम खानले यसअघि पोजेटिभ देखिएका ६ खेलाडीको नतिजा नेगेटिभ आएको पुष्टि गर्नुभयो ।

यसअघि ईङल्याण्ड भ्रमणको तयारीमा रहेका २९ मध्ये १० क्रिकेटरमा सक्रमण देखिएको रिर्पोट पीसीबीले सार्वजनिक गरेको थियो । लगत्तै हाफिजले व्यक्तिगत रुपमा टेष्ट गर्दा नेगेटिभ रिर्पोट आएपछि सबै खेलाडीको दोस्रो परिक्षण गरिएको हो । 

यद्यपि परीक्षण रिर्पोट नेगेटिभ आएका खेलाडीले ईङल्याण्ड भ्रमण गर्ने संभावना न्युन देखिएको छ । पाकिस्तानी टोली ३ म्याचको टेष्ट र समान खेलको ट्वान्टी २० सिरिज खेल्न भोली लण्डन जानेछ ।


प्रतिक्रिया