स्पानियोल १ शुन्य गोल अन्तरले पराजित

असार १५, २०७७

– स्पानिस ला लिगा फुटबलमा रियल मड्रिडले स्पानियोललाई १ शुन्य गोल अन्तरले पराजित गरेको छ । गएराती भएको खेलमा रियलका लागि क्यासेमिराले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । 

जितसँगै रियलले अंक तालिकाको शीर्षस्थानमा स्पष्ट अग्रता लिएको छ । उसको ३२ खेलबाट ७१ अंक छ भने समान खेल खेलेको बार्सिलोना ६९ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । स्पानियोल भने २४ अंकका साथ तालिकाको पुछारमा छ ।


प्रतिक्रिया