क्यानको सदस्यमा रुपन्देहीका धर्मराज गिरी मनोनित

असार १७, २०७७ | रुपन्देही

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा रुपन्देहीको सिद्धार्थ नगरका धर्मराज गिरी मनोनित भएका छन् । 

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले क्यान सदस्यमा गिरीलाई मंगलबार मनोनित गरेको हो । 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया का गिरी मदन भण्डारी स्पोटर्स एकेडमी अन्तर्गत केन्द्रीय क्रिकेट विभागका उपप्रमुख हुन् । 

उनले पश्चिमाञ्चल क्रिकेट समिति क्षेत्र नम्बर ४ को सदस्य, रुपन्देही क्रिकेट संघको सदस्य र उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

गिरी खेलकुद महासंघ रुपन्देहीमा सह–इञ्चार्जको भूमिकामा समेत छन् । गिरीले क्रिकेट खेलको विकासको लागि आफू निरन्तर लाग्ने बताए ।

‘क्यानको बोर्ड सदस्यमा मनोनित भएपछि थप जिम्मेवारी पाएको अनुभुति गरेको छु, उनले भने, खेलाडीलाई परेका समस्याको समाधानमा लागिपर्छु, उहाँहरुको मनोबल उच्च पार्ने काममा लाग्छु ।’


प्रतिक्रिया