ला लिगामा आज ३ खेल हुँदै

असार १८, २०७७

– स्पेनिस ला लिगा फुटबलमा आज ३ खेल हुँदैछन् । शिर्ष स्थानको रियल मड्रिडले गेटाफेसँग नेपाली समयानुसार राती पौने २ बजे प्रतिष्पर्धा गर्नेछ । 

रियल गेटाफेलाई हराउँदै दोस्रो स्थानको बार्सिलोनासँगको अंक दुरी बढाउने योजनामा छ । रियलको हारले भने दोस्रो स्थानको बार्सिलोनालाई फाईदा पुग्नेछ । 

बार्साको ३३ खेलबाट ७० र एक खेल कम खेलेको रियलको ७१ अंक छ । गेटाफे ५२ अंक सहित तालिकाको छैटौं स्थानमा छ । त्यसअघि नेपाली समयानुसार राती सवा ११ बजे आईबर र ओसासुना तथा स्पानियोल र रियल सोसिडाडबीच प्रतिष्पर्धा हुनेछ ।


प्रतिक्रिया