इङलिस प्रिमियर लिगमा आज दुई खेल हुँदै

असार १८, २०७७

– इङलिस प्रिमियर लिग फुटबल अन्र्तगत आज दुई खेल हुँदैछ । लिग च्याम्पियन लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटीसंग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयानुसार राती १ बजे सुरु हुनेछ । ३१ औं चरणको खेलमा चेल्सीले सिटिलाई हराएसंगै लिभरपुलले उपाधि पक्का गरेको थियो । 

लिभरपुलले सिटीमाथि २३ अंकको अग्रता बनाएको छ । आजै टोटनह्याम र सेफिल्ड युनाईटेड पनि भिड्नेछन् । सेफिल्डको घरेलु मैदानमा नेपाली समयानुसार राती पौने ११ बजे यी दुई टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ । टटनह्याम ३१ खेलबाट ४५ अंकसहित आठौं स्थानमा रहेको छ भने ४४ अंकसहित सेफिल्ड तालिकाको १० औं स्थानमा छ ।  


प्रतिक्रिया