युभेन्टस बराबरीमा रोकिदा लाजियो पराजित

असार २८, २०७७ | एजेन्सी
ईटालियन सिरी ए फुटबलका पछिल्ला खेलमा रोमा र सासुउलो विजयी भएका छन् । शीर्ष स्थानको युभेन्टस् भने एटलान्टासँग बराबरीमा रोकिएको छ ।
युभेन्टस र एटलान्टाले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । डुभान जापाटाको गोलमा १६ औ मिनेटमा अग्रता बनाएको एटलान्टाबिरुद्ध क्रिष्टियानो रोनाल्डोले ५५ औ मिनेटमा पेनाल्टि मार्फत बराबरी गोल गरेका थिए । ८० औ मिनेटमा रुस्लान मालिनोभ्स्कीले एटलान्टालाई २–१ को अवस्थामा पुर्याए । खेलको अन्तिम समयमा पाएको दोस्रो पेनाल्टिको अवसरलाई रोनाल्डोले नै जाली चुमाउदै युभेन्टसको हार टारेका थिए । ३२ खेलबाट युभेन्टसको ७६ अंक छ । समान खेलबाट ६७ अंक जोडेको एटलान्टा तालिकाको तेस्रो स्थानमा छ ।
उपाधि होडमा रहेको लाजियोलाई २–१ ले हराउँदै सासुउलो तालिकाको आठौ स्थानमा उक्लिएको हो । खेलको ३३ औं मिनेटमा लुईस अबल्र्टोको गोलमा बनाएको अग्रता जोगाउन नसक्दा लाजियो हार भोग्न बाध्य भयो । लाजियोको यो लगातार तेस्रो हार हो । दोस्रो हाफमा सासुउलोले २ गोल गर्दै पुनरागमन जित निकालेको हो ।
गएराती नै रोमाले ब्रेसियालाई ३–० ले पराजित गर्यो । जितपछि रोमा ५४ अंकमा तालिकाको चौथो स्थानमा कायम छ ।