म्यानचेष्टर सिटीको दोस्रो स्थान पक्का, चेल्सी पराजित

असार २८, २०७७ | एजेन्सी

ईङलीश प्रेमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले शानदार जित निकालेको दिन चेल्सी भने पराजित भएको छ ।

ब्राईटन एण्ड होभ एल्बियनलाई ५–० ले हराउदै सिटीले यो सिजन दोस्रो स्थानमा रहँदै लिग सक्ने पक्का भएको हो । ३५ खेलबाट सिटीको ७२ अंक भएको छ । लिगमा पैतिसौं चरणका खेल जारी रहँदा सिटीले तेस्रो स्थानको चेल्सी भन्दा १२ र एक खेल कम खेलेको लेष्टर सिटी भन्दा १३ अंकको अग्रता बनाएको छ ।

सिटीलाई शानदार जित दिलाउन राहिम स्र्टलिङले ह्याट्रिक गरे । ग्राबियल जिसस र बर्नाण्डो सिल्भाको नाममा एक एक गोल गरे । २१ औ मिनेटमा पहिलो गोल गरेका स्र्टलिङले ५३ औ र ८१ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । 

समान खेलबाट लिभरपुलको ९३ अंक छ । लिभरपुल गएराती बर्नलीसँग एक एकको बराबरीमा रोकिएको थियो ।

सेफिल्डसँगको हारले तेस्रो स्थानमा अग्रता बनाउने चेल्सीको लक्ष्य समेत टुंगीएको छ । सेफिल्डको जितमा डेभिड म्याक गोल्डरिकले २ तथा ओली म्याकबुर्नेले एक गोल गरे । हारका बाबजुत चेल्सी तालिकाको तेस्रो स्थानमा कायम छ । ३५ खेलबाट उसको ६० अंक भएको छ । एक खेल कम खेलेको लेष्टर ५९ अंकमा चौथो स्थानमा छ । जितले सेफिल्डलाई ५४ अंकमा तालिकाको छैठौ स्थानमा पुर्याएको छ ।

गएराती नै वाटफोर्टले न्युक्यासल युनाईटेडलाई २–१ ले तथा वेष्टह्यामले नर्बिचलाई ४–० ले हराए । यो हारले नर्बिचलाई रेलिगेशनमा पारेको छ । नर्बिच जारी सिजन रेलिगेशनमा पर्ने पहिलो टोली हो । 


प्रतिक्रिया