ला लीगामा बार्साको उपाधि यात्रा कायमै

असार २८, २०७७ | एजेन्सी

बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा उपाधि यात्रा कायमै राखेको छ । ३६ औं चरणको खेलमा गएराति रियल भल्लाडोलिडलाई १–० ले हराउँदै बार्साले शीर्ष स्थानको रियल मड्रिडसँगको दुरी १ अंकमा छोट्याएको छ । 

भल्लाडोलिडलाई उसैको मैदानमा पराजित गर्न १५ औं मिनेटमा अर्तुरो भिडालले निर्णायक गोल गरे । अधिकांश समय बार्साले भल्लाडोलिडलाई दबाबमा राखेको थियो । ३६ खेलबाट बार्साको ७९ अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ८० अंक छ ।

गएराति नै ओसासुनाले सेल्टा डी भिगोलाई २–१ ले हराउँदा एट्लेटिको मड्रिडले रियल बेटिसलाई १–० ले पराजित गर्‍यो । 


प्रतिक्रिया