सेभिया च्याम्पियन्स लिग नजिक, भ्यालेन्सीया पराजित

रेडियो कान्तिपुर संवाददाता

असार २९, २०७७ | एजेन्सी

सेभियाले आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । स्पेनिस ला लिगा अन्र्तगत गएराती मायोरकालाई २–० ले हराउँदै सेभियाले तेस्रो स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको हो ।

उसको जितमा लुकास ओकाम्पोस र युसुफ ईन नेस्रीले गोल गरे । ३६ खेलबाट सेभियाको ६६ अंक भएको छ । मड्रिडसँग समान अंक भएपनि सेभिया हेड टु हेडमा पछि परेको हो । यो हारले मायोरकाको रेलिगेशनमा पर्ने सम्भावना बढेको छ ।

भ्यालेन्सीया भने लेगानेशसँग १–० ले स्तब्ध भयो । यो हारले ३ स्थान सुधार गर्ने भ्यालेन्सीयाको योजनापनि असफल बनेको छ । ३६ खेलबाट ३२ अंक जोडेको लेगानेश तालिकाको १८ आँै स्थानमा उक्लिएको छ । समान खेलबाट ५० अंक्का साथ भ्यालेन्सीया नवौँ स्थानमा छ ।

गएरातीका अन्य खेलहरुमा आईबर र एथ्लेटिको बिल्वाओ विजयी भएका छन् । आईबरले स्पानियोललाई २–० ले तथा बिल्वाओले लेभान्तेलाई २–१ ले स्तब्ध पारे ।  


प्रतिक्रिया