म्यानचेस्टर यूनाइटेडले साउथह्याम्पटनको सामना गर्दै

असार २९, २०७७ | काठमाडौं

इंग्लिस प्रिमियर लिगमा तेस्रो स्थान उक्लिने मौकासहित सोमबार राति म्यानचेस्टर यूनाइटेडले साउथह्याम्पटनको सामना गर्दैछ । 

घरेलु मैदान ओल्ड ट्राफोडमा साउथह्याम्पटनको आतिथ्य गर्दा यूनाइटेड सहज जितको योजनामा हुनेछ । 

राति पौने १ बजे हुने खेलमा बलियो प्रतिद्वन्द्वी साउथह्याम्पटन विरुद्ध जित निकाल्न यूनाइटेडलाई सहज हुने छैन । 

शीर्ष चारको लागि संघर्ष गरिरहेको यूनाइटेडका लागि यस खेलको ठूलो अर्थ छ । साउथह्याम्पटन विरुद्ध ३ अंक बटुले ऊ तेस्रो स्थानमा उक्लने छ ।

पाँचौं स्थानको यूनाइटेडको ५८ अंक छ । आजको जितले उसलाई अंक तालिकामा चेल्सी र लेष्टर सिटीभन्दा माथि उकाल्ने छ । 

तेस्रो स्थानको चेल्सीको ६० र चौंथो स्थानको लेष्टरको ५९ अंक छ । यता, साउथह्याम्पटन पनि यूनाइटेडलाई स्तब्ध बनाएर अंक तालिकामा सुधार गर्न चाहन्छ । 

साउथह्याम्पटन ४४ अंक जोडेर १२ औं स्थानमा छ ।


प्रतिक्रिया