नर्बिचबिरुद्ध चेल्सीको संर्घषपुर्ण जित

रेडियो कान्तिपुर संवाददाता

असार ३१, २०७७ | एजेन्सी

ईङलिश प्रिमियर लिग फुटबलमा नर्बिचबिरुद्ध चेल्सीले संर्घषपुर्ण जित निकालेको छ । जारी सिजन रेलिगेशनमा परिसकेको नर्बिचलाई १–० ले हराउँदै चेल्सीले तेस्रो स्थानमा ४ अंकको अग्रता बनाएको हो । 

पहिलो हाफको अन्तिम मिनेटमा ओलिभर जिराउडले गरेको गोल चेल्सीको जितमा निर्णायक बन्यो । यो जितसँगै चेल्सी च्याम्पियन्स लिग नजिक पुगेको छ । खेलमा अधिकांश समय नर्बिचलाई दबावमा राखेको चेल्सीका थप अवसर खेर गएका थिए । ३६ खेलबाट चेल्सीको ६३ अंक भएको छ । नर्बिच २१ अंकमा तालिकाको पुछारमा छ ।

प्रिमियर लिगमा आज ३६ औँ चरणका थप ४ खेल हुनेछन् । आज बर्नली र वुल्भरहेम्प्टन, म्यानचेष्टर सिटी र बर्नमाउथ, न्यु क्यासल युनाईटेड र टटनह्याम तथा लिभरपुल र आर्सनल प्रतिस्पर्धा गर्नेछन् । 


प्रतिक्रिया