साउथ अफ्रिकाका ताहिरले मात्र सिपिएल खेल्ने

श्रावण १४, २०७७ | काठमाडौं

क्यारेबयिन प्रिमियर लिग क्रिकेट सिपिएलमा यो पटक एक मात्र साउथ अफ्रिकन क्रिकेटर हुने भएका छन् । 

यात्रा प्रतिबन्ध तथा सरकारले अनुमती नदिएका कारण बिभिन्न टोलीले आबद्ध गरेका ५ क्रिकेटर सहभागी नहुने भएपछि ईमरान ताहिरले मात्र सिपिएल खेल्ने भएका हुन् । साउथ अफ्रिका सरकारले उडानमा लगाएको प्रतिबन्ध तथा खेलाडीहरुलाई सरकारले अनुमती नदिएका कारण छनोट भएका खेलाडीले पनि सहभागी हुन नपाएका हुन् । 

ताहिर सहित रासी भान डेर दुसेन, ताबरिज साम्सी, एनरिच नोर्टजे, रेली रोसोउ र कोलिन ईन्ग्राम सिपिएलमा अनुबन्धीत थिए ।

ताहिर भने पाकिस्तानमा रहेकाले आवश्यक प्रक्रिया पुर्याएर यतैबाट ट्रिनिडाड एण्ड टोबागो जाने भएका छन् । पाकिस्तान सुपर लिग खेल्न पाकिस्तान आएका ताहिर लकडाउनका कारण पाकिस्तनमै अड्किएका थिए । 

ताहिरको परिवारका केहि सदस्य पाकिस्तानको लाहोरमै रहेकाले यो अबधिमा उनी त्यहि बस्दै आएका थिए । यो सिजनको क्यारेबियन प्रिमियर लिग अगष्ट १८ बाट सुरु हुँदैछ ।   


प्रतिक्रिया