आईपीएलका लागि युएई सरकारको अनुमति

श्रावण १९, २०७७ | काठमाडौं

१३ औं संस्करणको ईण्डियन प्रिमियर लिग क्रिकेट आफ्नो मुलुकमा गर्न युएई सरकारले स्विकृती दिएको छ । आईपीएल आयोजक कमिटिले भारत सरकारमार्फत पठाएको प्रस्ताव युएई सरकारले स्विकार गरेको हो । 

यो संस्करणको आईपीएल १९ सेप्टेम्बरदेखी नोभेम्बर १० मा हुने निश्चित भएको छ । यो पटकको आईपिएल अघिल्ला २ सिजन भन्दा ३ दिन बढी समयको हुनेछ । र पहिलो पटक सार्वजनिक बिदाको दिनबाहेकको दिन फाईनल खेलका लागि तय गरिएको छ । 

यो सिजनको फाइर्नल मंगलबार हुनेछ । युएई सरकारले मुलुकका तीन शहरमा प्रतियोगीता आयोजना गर्न अनुमति दिएको हो । ५३ दिनको प्रतियोगीता युएईको आबुदाबी, दुबई र सारजाहमा हुनेछ ।

लिग खेल्ने टोलीले आफ्नो टिममा बढीमा २४ खेलाडीलाई मात्र राख्नु पर्ने नियम बनाईएको छ । यो सिजनको खेल नेपाली समयानुसार दिउँसो पौने ४ बजे र रात्रीकालिन खेल पौने ८ बजे सुरु हुने आयोजकले जनाएको छ । 


प्रतिक्रिया