सेभिया र शाख्तर डोनेत्स्क युरोपा लिग फुटबलको सेमिफाईनलमा

श्रावण २८, २०७७ | काठमाडौं

सेभिया र शाख्तर डोनेत्स्क युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् । क्वार्टरफाईनल खेलमा वुल्भरहेम्प्टनलाई १–० ले हराउँदै सेभियाले म्यानचेष्टर युनाईटेडसँगको भेट पक्का गरेको हो । निक्कै प्रतिस्पर्धात्मक खेलमा अन्तिम केही समय सम्हालिन नसक्दा वुल्भरहेम्प्टन हार भोग्न बाध्य भयो ।

८८ औं मिनेटमा लुकास ओकाम्पोसले गरेको गोल सेभियाको जितमा निर्णायक बनेको थियो । १३ औं मिनेटमा वुल्भरहेम्प्टनले पेनाल्टीको अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा ४८ बर्षपछि क्वार्टरफाईनल पुगेको उसको यात्रा त्यसभन्दा अघि जान नसकेको हो । राउल जिमिनेजको प्रहार सेभियाका गोलरक्षकले बचाएका थिए ।

गएराती नै एफसी बासेललाई ४–१ ले हराउँदै शाख्तर डोनेत्स्कले पनि अन्तिम चारको यात्रा तय गरेको छ । उसलाई शानदार जित दिलाउन जुनियर मोराईस, टाईसन, एलन प्याट्रिक र रेभसन सान्तोषले गोल गरे । बासेलका रिकी भान वल्फ विन्कलले एक गोल फर्काए । शाख्तरले फाईनल प्रवेशका लागि अगष्ट १७ मा ईन्टर मिलानको सामना गर्नेछ । 


प्रतिक्रिया