पीएसजी च्याम्पियन्स लिग फुटवलको सेमिफाईनलमा

श्रावण २९, २०७७ | काठमाडौं

पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटवलको सेमिफाईनलमा प्रवेश गरेको छ । पीएसजीले ईटालियन क्लब एटलान्टालाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम ४ मा प्रवेश गरेको हो । 

पहिलो हाफमा एटलान्टाले खेलमा अग्रता बनाएको थियो । २६ औं मिनेटमा मारियो पसालिसले एट्लान्टालाई अग्रता दिलाएका छन् । खेलको ९० औं मिनेटमा मार्किन्होसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । इन्जुरी समयमा चोपो मोटिङले गोल गर्दै पीएसजीलाई सेमिफाइनलमा पुर्‍याए । 

पीएसजी २५ बर्षको ईतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ । पीएसजीले सेमिफाईनलमा एट्लेटिको मड्रिड र आरबी लिप्जिंगबीचको विजेतासंग खेल्नेछ ।


प्रतिक्रिया