दोस्रो टेष्टमा पनि पाकिस्तानको खराब ब्याटिङ

श्रावण ३०, २०७७ | काठमाडौं

ईङल्याण्डबिरुद्धको दोस्रो टेष्टको पहिलो ईनिङ्समा भ्रमणकारी पाकिस्तानले कमजोर ब्याटिङ गरेको छ । 

साउथ हेम्प्टनमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले बर्षाले प्रभावित खेलमा पहिलो दिन नै माथिल्लो क्रमका ५ व्याट्सम्यान गुमाएको छ । ४६ ओभर मात्र सम्भव भएको खेलमा पाकिस्तानले १ सय २६ रन बनाएको छ । 

अविद अलीले ६० र कप्तान अजहर अली २० रनमा बनाएको ईनिङसमा अन्य तीन ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । शान मसुद १, असद साफिक ५ र फवाद आलम शुन्य रनमा पभेलियन फर्किए । बाबर अजाम २५ र महम्मद रिजवान ४ रनमा क्रिजमा छन् । 


प्रतिक्रिया