आरबी लिप्जिङ सेमिफाईनलमा

श्रावण ३०, २०७७ | काठमाडौं

आरबी लिप्जिङ च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रबेश गरेको छ । गएराती भएको क्वार्टरफाईनल खेलमा एट्लेटिको मड्रिडलाई २–१ ले हराउँदै लिप्जिङले पहिलो पटक सेमिफाईनलमा स्थान बनाएको हो ।

लिस्बोनमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएका थिए । ५० औं मिनेटमा डानी ओल्मोको गोलमा अग्रता बनाएको लिप्जिङबिरुद्ध ७१ औं मिनेटमा मड्रिडले गोल गरेको थियो । जेआओ फेलिक्सले पेनाल्टीमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए ।

खेलको ८८ औं मिनेटमा टायलर एडम्सले गोल गर्दै टोलीलाई कीर्तिमानी जित दिलाए । लिप्जिङ क्लब स्थापनाको ११ बर्ष पछि नै च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको हो । लिप्जिङले फाईनल प्रवेशका लागि पेरिस सेन्ट जर्मेन पिएसजीसँग प्रतिस्पर्धा गर्नेछ ।

च्याम्पियन्स लिग फुटबलको तेस्रो क्वार्टरफाईनलमा आज बार्सिलोना र बार्यन म्युनिख भिड्नेछन् ।  


प्रतिक्रिया