दिल्ली आईपीएलको शीर्ष स्थानमा

कार्तिक २, २०७७ | काठमाडौं

चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराउँदै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को शीर्ष स्थानमा पुगेको छ । रोमाञ्चक खेलमा चेन्नईलाई ५ विकेटले हराउँदै दिल्ली १४ अंकसहित पुन तालिकाको शीर्ष स्थानमा पुगेको हो । 

चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । ओपनर शिखर धवनले अविजित रहदै १ सय १ रनको पारी खेल्दै टोलीलाई जितसम्म पुर्याए । बिष्फोटक ब्याटिङ गर्दै अक्सर पटेलले नटआउट २४ रन जोड्दै टोलीलाई जित दिलाएका हुन् । 

अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन आवश्यक थियो । सो कठिन अवस्थामा पटेलले ३ छक्का प्रहार गर्दै टोलीलाई महत्वपुर्ण अंक दिलाएका थिए । मार्कुस स्टोनिसले २४ र कप्तान श्रेयस एयरले २३ रन बनाए । चेन्नईका दिपक चाहरले २ विकेट लिए । साम करण, सार्दुल ठाकुर र ड्वेन ब्राभोको नाममा समान एक विकेट रह्यो ।

यसअघि सारजाह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेट गुमाएर १ सय ७९ रनको उच्च योगफल तयार पारेको थियो । फाप डु प्लेसिसले ५८ रन बनाएको चेन्नईको ईनिङसमा अम्बाती रायडुले अविजित ४५ र सेन वाट्सनले ३६ रन बनाए । रबिन्द्र जडेजा ३३ रनमा अविजित रहे ।

दिल्लीका एन्रिच नोर्टजेले २ तथा तुषार देशपाण्डे र कागिसो राबडाले समान एक विकेट लिए । दिल्लीले ९ खेलबाट १४ अंक जोडेको छ ।

हिजो भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्‍यो ।

आईपीएलमा आज सनराईजर्स हैदराबाद र कोलकत्ता नाईट राईडर्स तथा किङ्गस इलाभेन पञ्जाव र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । 


प्रतिक्रिया