राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण पर्सि बिहीबारबाट

कार्तिक ११, २०७७ | काठमाडौं

बंगलादेशसँगको मैत्रीपूर्ण खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पर्सि बिहीबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ । सरकारले प्रशिक्षण सुरु गर्ने अनुमति दिएसँगै एन्फाले आन्तरिक प्रशिक्षण सुरु गर्न लागेको हो । 

अखिल नेपाल फुटबल संघ एन्फाले पर्सि बिहीबारबाट प्रशिक्षण सुरु हुने जानकारी दिंदै भोलि सम्ममा सबै खेलाडी काठमाडौं आईसक्ने जनाएको छ । टोलीका मुख्य प्रशिक्षक योहान कालिन स्वीडेनमा रहेको र तत्काल नेपाल फर्कने अवस्था नरहेकाले टोलीको प्रशिक्षण बालगोपाल महर्जनले गराउने छन् । 

किरण श्रेष्ठ सहायक प्रशिक्षक र विकास मल्ल गोलकिपर प्रशिक्षकका रुपमा रहने छन् । विश्वकप छनोटका घरेलु खेलको समेत तयारी गरिरहेको नेपालले त्यसअघि बंगलादेशसँग उसैको मैदानमा २ वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कार्तिक २८ र मंसिर २ गते नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ । 


प्रतिक्रिया