जेसिस कप क्रिकेटको उपाधिका लागि कलैया र वीरगन्ज भिड्ने

म्यान अफ द म्याच कलैयाका साहिल पटेल । तस्बिर : लक्ष्मी साह, रेडियो कान्तिपुर  

कार्तिक २४, २०७७ | बारा

बारामा जारी जेसिस कप त्रिकोणात्मक त्रिकेट प्रतियोगिताको उपाधिका लागि आयोजक कलैया त्रिकेट क्लब र वीरगन्ज–११ बीच खेल हुने भएको छ । 

लिग चरणको अन्तिम खेलमा आज मकवानपुर क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै कलैयाले उपाधि यात्रा तय गरेको हो । फाइनल खेल भोली हुनेछ । वीरगञ्ज ११ भने लिग चरणका दुवै खेलमा जित निकाल्दै फाइनलमा पुगेको हो । मकवानपुरले भने जित हात पार्न सकेन ।

कलैयाको सिद्धेश्वर क्रिकेट खेल मैदानमा टस जितेर पहिला व्याटिङ गरेको मकवानपुर ३७ ओभर ४ बलमा १ सय २५ रनमा अलआउट भएको थियो ।

मकवानपुरका राजन ढकालले ४० र सुवर्ण श्रेष्ठले २३ रन बनाए । उसलाई सस्तैमा समेट्न धुलावन सहनी, आशुतोष पटेल, पवन सर्राफ, कुमार थापा र अनिल साहले समान २–२ विकेट लिए ।

१ सय २६ रनको लक्ष्य कलैयाले १७ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको थियो । कलैयाका साहिल पटेलले सर्वाधिक ५२ रनको योगदान गरे ।


प्रतिक्रिया