कलैयालाई त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि

कार्तिक २५, २०७७ | बारा

कलैयामा आयोजित त्रिकोणात्मक जेसिज कप क्रिकेट प्रतियोगिताको उपाधि कलैया क्रिकेट क्लबले जितेको छ । फाइनलमा आज वीरगन्ज–११, लाई ४ विकेटले पराजित गर्दै कलैयाले उपाधि जितेको हो । 

कलैयाकै सिद्धेश्वर क्रिकेट खेल मैदानमा वीरगन्जले दिएको १ सय ७३ रनको लक्ष्य कलैयाले ३७ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको थियो । उसको जितमा अनिल साहले ३५ र रवि साहले ३० रन बनाए ।

यसअघि पहिला व्याटिङ गरेको वीरगञ्जले निर्धारित ४० ओभरमा ८ विकेट गुमाई १ सय ७२ रन बनाएको थियो । वीरगन्जका लागि आशिफ शेखले ५२ र सब्दुल्लाह अंसारीले ४१ रन बनाएका थिए । कलैया सिटी जेसिजको आयोजनामा भएको प्रतियोगितामा ३ वटा टोली सहभागी थिए ।


प्रतिक्रिया