राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

मंसिर १०, २०७७ | काठमाडौं

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आज सुरु भएको छ । आसन्न अन्तर्राष्ट्रिय प्रतियोगीतालाई ध्यानमा राखी नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षण सुरु गरेको हो । 

पहिलो दिन आज मैदानमा नभई रणनीतिक योजना बनाईएको छ । बन्द प्रशिक्षणमा रहने खेलाडीको हिजो कोरोना परीक्षण गरिएको र त्यसको रिर्पोट आज मात्र आउने भएकाले पूर्ण प्रशिक्षण एक दिन पछि सरेको हो । परिक्षणको रिर्पोट आएपछि नेगेटिभ आउने खेलाडी प्रशिक्षणमा बस्नेछन् भने पोजेटिभ देखिएका खेलाडीलाई आईसोलेशनमा राखिनेछ ।

पहिलो दिन आज बन्द प्रशिक्षणको रणनिती तथा खेलाडीहरुसंग सामान्य अन्तरक्रिया हुनेछ । औपचारिक प्रशिक्षण भने भोलीबाट मात्र सुरु हुनेछ । क्यानले किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा सम्पुर्ण स्वाथ्य मापदण्ड पुरा गरी बन्द परिक्षणको ब्यबस्था मिलाएको छ ।

कोरोना माहामारीका कारण ९ महिनापछि क्रिकेट टोली प्रशिक्षणमा फर्किएको हो । क्यानले २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएपनि पिसिआर परिक्षणमा १६ खेलाडी मात्र उपस्थित भएका थिए । केहि खेलाडी कक्षा १२ को परिक्षामा सहभागी भएको तथा केहि ब्यक्तिगत कारण देखाउदै केहि समयपछि मात्र क्याम्पमा सहभागी हुने भएकाले सोहि अनुरुप प्रशिक्षण थालिएको हो ।

बिग वासका लागि अनुबन्धीत लेगस्पिनर सन्दिप लामिछाने पारिवारिक कारणले केहि दिनपछि मात्र प्रशिक्षणमा सहभागी हुनेछन् । 


प्रतिक्रिया