ईब्राहिमोबिच चम्कदा एसी मिलानको सहज जित

माघ ६, २०७७ | काठमाडौं

एसी मिलानले ईटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । १८ औं चरणको खेलमा गएराती काग्लीयारीलाई २–० ले हराउँदै एसी मिलान शीर्ष स्थानमा बलियो बनेको हो ।

उसलाई सहज जित दिलाउन दुबै गोल जलाटन ईब्राहिमोबिचले गरे । सातौं मिनेटमा ईब्राहिमोबिचले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनैले ५२ औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे ।

पछिल्ला २ गोलसँगै ईब्राहिमोबिचले जारी सिजनको लिगमा आफ्नो गोल संख्या १३ पुर्याएका छन् । यो जितसँगै १८ खेलबाट एसी मिलानको ४३ अंक भएको छ । 

समान खेलबाट ४० औं जोडेको ईन्टर मिलान तालिकाको दोस्रो स्थानमा छ । ईन्टरले पछिल्लो खेलमा युभेन्टसलाई हराउँदै एसी मिलानमाथी दबाव बढाएको थियो । 


प्रतिक्रिया