डर्टमण्डलाई हराउँदै लिभरकुशेन तालिकाको दोस्रो स्थानमा

माघ ७, २०७७ | काठमाडौं

जर्मन बुण्डेश लिगा फुटबलका पछिल्ला खेलमा वायर लिभरकुशेन, बोरुसिया मोन्चेनग्लाण्डबाख, वुल्फवर्ग र होफिनह्याम विजयी भएका छन् । बोरुसिया डर्टमण्डलाई २–१ गोल अन्तरले हराउँदै लिभरकुशेन तालिकाको दोस्रो स्थानमा पुगेको हो । 

उसको जितमा मौसा डियाव र फ्लोरियन विर्टजले गोल गरे । विटर्ज बुण्डेश लिगामा गोल गर्ने सबैभन्दा कान्छो उमेरका खेलाडी समेत भएका छन् । डर्टमण्डका जुलियन ब्रान्टले एक गोल फर्काए । १७ खेलबाट ३२ अंक जोडेको लिभरकुशेनले समान अंक भएको आरबी लाईप्जिगलाई गोल अन्तरले पछि पारेको हो ।

गएराती नै बोरुसिया मोन्चेनग्लाण्डवाखले वेर्डर ब्रेमेनलाई १–० ले हराउँदा माईन्ज वुल्फबर्गसँग २–० ले स्तब्ध भयो । यो जितले ग्लाण्डबाखलाई २८ अंकमा तालिकाको सातौं स्थानमा पुर्याएको छ । वुल्फबर्ग भने २९ अंकमा पाँचौं स्थानमा पुगेको छ ।

अर्को खेलमा होफिनह्यामले हेर्था बर्लिनलाई ३–० गोल अन्तरले हरायो ।   


प्रतिक्रिया