चेल्सीलाई हराउदै लेष्टर सिटी शीर्ष स्थानमा

माघ ७, २०७७ | काठमाडौं

लेष्टर सिटी ईङलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । १९ औं चरणको खेलमा गएराती चेल्सीलाई २–० ले हराउँदै लेष्टर सिटीले म्यानचेष्टर युनाईटेडलाई १ अंकले पछि पारेको हो । 

घरेलु मैदानमा लेष्टरलाई जिताउन विलफ्रेड डिदी र जेम्स माडिसनले एक एक गोल गरे । छैठौं मिनेटमा डिदिको गोलमा अग्रता बनाएको लेष्टरका लागि माडिसनले ४१ औ मिनेटमा अर्को गोल थपेका थिए । लेष्टरले पाहुना टोलीबिरुद्ध पहिलो हाफमै २–० को अग्रता बनाउँदै खेलमा पकड बनाएको थियो । 

दोस्रो हाफमा चेल्सीले घरेलु टोलीलाई दबावमा राखेपनि पाएका अवसर सदुपयोग गर्न सकेन । उसका आधा दर्जन अवसर खेर गएका थिए । १९ खेलबाट ३८ अंक जोडेको लेष्टरले एक खेल कम खेलेको म्यान युनाईटेडलाई १ अंकले पछि पारेको हो । 


प्रतिक्रिया