नेपाली फुटबलमा पहिलो पटक फ्रेन्चाईज लिग हुने

फाल्गुन १०, २०७७ | काठमाडौं

नेपाली फुटबलमा पहिलो पटक फ्रेन्चाईज लिग हुने भएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने नेपाल सुपर लिग बैसाख ११ गतेबाट सुरु हुनेछ । प्रतियोगिता २ सातासम्म चल्ने छ । आयोजक संस्थाले काठमाण्डौमा आज पत्रकार सम्मेलन गर्दै नेपाल सुपर लिगको मिति सार्वजनिक गरेको हो । बैशाख २५ गतेसम्म संचालन हुने प्रतियोगीता अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हुने छ ।

सात प्रदेशका विभिन्न शहरको नाममा सात टोलीको सहभागीता रहने लिगमा कुल १९ खेल हुनेछन् । टोलीको नाम र मालिकको नाम भने छिट्टै सार्वजनिक गरिने आयोजकले बताएको छ । 

लिग राउण्ड रोबिन लिगको आधारमा सञ्चालन हुनेछ । हरेक टोलीले आफ्नो टिममा ३ जना विदेशी खेलाडी राख्न पाउनेछन् । अन्य खेलाडीको छनोट अक्सनबाट गरिने छ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ । 

टोलीमा रहेका ३ विदेशी मध्ये दुई खेलाडी मात्र प्लेईङ सेटमा पर्नेछन् । रहेर खेल्न पाउने छन् । प्रतियोगिताको उपाधि विजेताले पाउने रकम भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । 


प्रतिक्रिया