बाँसबारी क्लव र श्री कुमारी क्लव गोलरहित बराबरीमा

फाल्गुन १५, २०७७ | काठमाडौं

सहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी क्लब बराबरीमा रोकिएको छ । बाँसबारी क्लव श्री कुमारी क्लवसंग गोलरहित बराबरीमा रोकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बराबरीसंगै बाँसबारीले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । बाँसबारीले ७ खेलमा १५ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । भने श्री कुमारीले ७ खेलमा ७ अंक जोड्दै आठौं स्थानमा कायम छ ।

आजै भएको अर्को खेलमा श्री भगवती क्लब टोखा र पुल्चोक स्पोर्ट्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा दुबै टोलीले गोल गर्ने अवसर चुकाएपछि खेल गोलरहित बराबरीमा टुंगिएको हो । बराबरीपछि श्री भगवती ७ खेलबाट ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।

लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । 


प्रतिक्रिया