आहा रारा गोल्डकप : पुलिस सेमिफाइनलमा

चैत्र २४, २०७७ | काठमाडौं

पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । आज भएको अन्तिम क्वार्टरफाइनलमा थ्रीस्टार क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेसँगै सो समिकरण पूरा भएको हो । क्वार्टरफाइनलको आज भएको अन्तिम खेलमा पुलिस क्लबले थ्रीस्टारलाई ४–० गोल अन्तरले पराजित गर्‍यो ।

 पुलिसको जितमा बुद्धबल तामाङले २ गोल गर्दा निरकुमार राइ र सौजन राइ याख्याले १/१ गोल गरे । भोलि हुने पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ र संकटा क्लबबीच प्रतिस्पर्धा हुने छ । एपीएफले सहारा क्लब पोखरालाई र संकटाले मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगेका हुन् । यस्तै पर्सी बिहीबार हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र अफ्रिकी रुट्स एसोसियशनको क्यामरुनबीच प्रतिस्पर्धा हुने छ ।

 पुलिस क्लबले आज थ्रीस्टारलाई परािजत गर्दा क्यामरुनले मछिन्द्र क्लबलाई पराजित गर्दै उपाधी यात्रा तय गरेको थियो । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार रुपैयाँ हात पार्दा उपविजेता टिमले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ ।


प्रतिक्रिया