क्वार्टरफाईनलको पहिलो लेगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी

चैत्र २५, २०७७ | काठमाडौं

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाईनलको पहिलो लेगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी भएका छन् । घरेलु मैदानमा ईङलिश क्लब लिभरपुललाई ३–१ गोल अन्तरले हराउँदै रियल मड्रिडले सेमिफाईनल प्रवेशको सम्भावना बलियो बनाएको हो ।

रियललाई सहज जित दिलाउन भिनिसियस जुनियरले २ तथा मार्को एसेन्सीयोले एक गोल गरे । लिभरपुलका महम्मद सलाहले एक गोल फर्काए । घरेलु मैदानमा लिभरपुलको दबाव खेपेपनि रियलले पाएका अवसरको भने पुर्ण रुपमा सदुपयोग गरेको थियो । लिभरपुलले बल पोजिशनमा पकड बनाएपनि गोल गर्ने अवसर भने सृजना गर्न सकेन् ।

गएरातीनै म्यानचेष्टर सिटीले बोरुसिया डर्टमण्डलाई २–१ ले स्तब्ध पार्यो । ईतिहाद स्टेडियममा केभिन डि ब्रुयेन र फिल फोडेनले गोल गर्दै सिटीलाई जित दिलाए । डर्टमण्डका मार्को रोएसले एक गोल फर्काए । घरेलु मैदानमा अधिकांश समय डर्टमण्डलाई दबावमा राखेको सिटीले १९ औं मिनेटमा ब्रुयनको गोलमा अग्रता बनाएको थियो । रोएसले ८४ औं मिनेटमा डर्टमण्डलाई बराबरीमा पुर्याएका थिए ।

खेलको ९० औं मिनेटमा फोडेनले गोल गरेपछि सिटीले खेलमा संर्घषपुर्ण जित निकालेको हो । क्वार्टरफाईनलको दोस्रो लेग अप्रिल १५ मा हुनेछ । 


प्रतिक्रिया