त्रिकोणात्मक टी-२० सिरिज : नेपालले नेदरल्याण्डस्सँग खेल्ने

फाइल फोटो 

चैत्र २६, २०७७ | काठमाडौं

काठमाडौंमा हुने त्रिकोणात्मक ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको उद्घाटन खेलमा आयोजक नेपालले नेदरल्याण्डस्सँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल बैशाख ४ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा २ बजे सुरु हुनेछ । 

मलेसिया पनि सहभागी त्रिकोणात्मक क्रिकेट सिरिजमा लिग चरणका ६ र फाइनल गरी जम्मा ७ खेल हुनेछन् । डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजमा शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

नेपालले दोस्रो खेलमा बैशाख ६ गते मलेसिया र तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ गते प्रतिस्पर्धा गर्नेछ । नेपालले लिग चरणको अन्तिम खेलमा बैशाख ९ गते मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल बैशाख ११ गते हुनेछ । 


प्रतिक्रिया