आईपीएलको १४ औ संस्करण आज सुरु हुँदै

चैत्र २७, २०७७ | काठमाडौं

ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएफको १४ औं संस्करण आज सुरु हुँदैछ ।

भारतमा कोरोना माहामारीको लहर उच्च बिन्दुका पुगेका बेला भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईले प्रतियोगिताको १४ औं संस्करण घरेलु मैदानमै सुरु गरेको हो । 

प्रतियोगिताको उद्घाटन खेलमा मुम्बई ईण्डियन्स र रोयल च्यालेन्जर्स बैङलोर प्रतिस्पर्धा गर्नेछन् । चेन्नईमा हुने खेल राती पौने ८ बजे सुरु हुनेछ । मुम्बई रोहित शर्मा र बैङ्लोर विराट कोहलीको कमानीमा मैदान उत्रने छन् । कोरोना महामारीका कारण यो सिजनका सबै खेल बन्द रंगशालामा हुनेछ ।     


प्रतिक्रिया