१९ औं आहा रारा गोल्डकपको उपाधि संकटालाई

चैत्र २८, २०७७ | पोखरा

१९औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । पोखरामा आज भएको फाइनल खेलमा पाहुना टोली अफ्रिकन रूट्स एसोसिएसनलाई टाइब्रेकरमा ४–२ गोल अन्तरमा पराजित गर्दै संकटाले पहिलो पटक उपाधी उचालेको हो । 

प्रतियोगीताको उपाधि विजेता संकटाले १० लाख १ हजार र उपविजेता टोली अफ्रिकन रूट्सले ५ लाख १ हजार रुपैयाँ हात पारेको छ । टाइब्रेकरमा संकटाका लागि अमित तामाङ, सुवास गुरूङ, नीरज बस्नेत र आयुष घलानले गोल गरे । अफ्रिकन रूट्सका के यानिक र रिमले मात्रै गोल गरेका थिए । 

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि अतिरिक्त ३० मिनेट समय थपिएपनि दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलको १०औं मिनेटमा अफ्रिकन रूट्सका बास्सेकले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ५०औं मिनटमा संकटाका लागि विदेशी खेलाडी ग्लोरीले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । 


प्रतिक्रिया