एएफसी कप प्रारम्भिक छनोटको दोस्रो चरणको खेलका लागि आर्मीको टोली गोवामा

चैत्र २९, २०७७ | काठमाडौं

एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्न विभागीय त्रिभुवन आर्मीको टोली भारतको गोवा गएको छ । घरेलु मैदानमा श्रीलंका पुलिससंगको खेलमा जित हात पार्दै आर्मीको टोली दोस्रो चरणमा स्थान पक्का गरेको हो ।

 उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा दिउँसो भारतको गोवा उडेको आर्मीले भारतीय बैङलुरु फुटबल क्लबसंग आगामी बैशाख एक गते साँझ पौने ६ बजे प्रतिस्पर्धा गर्नेछ । सो खेलमा जित निकाल्ने टोलीले बंगलादेशको अम्बानी लिमिटेड र माल्दिभ्सको क्लब ईगल्स सहभागी समुहबाट तेस्रो चरणको छनोटमा स्थान बनाउने छ । 


प्रतिक्रिया