ईन्टरको उपाधि यात्रा बलियो बन्दै

चैत्र ३०, २०७७ | काठमाडौं

ईन्टर मिलानले ईटालियन सिरी ए फुटबलको उपाधि यात्रा सहज बनाएको छ । ३० औ चरणको खेलमा गएराती काग्लीयारीलाई १–० ले हराउँदै ईन्टरले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको हो ।

घरेलु मैदानमा ईन्टरलाई संर्घषपुर्ण जित दिलाउन माटियो डार्मीनले ७७ आंै मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलमा ईन्टरले पाएका आधा दर्जनभन्दा बढी अवसर खेर फालेको थियो । ३० खेलबाट ईन्टरको ७४ अंक भएको छ ।

गएराती नै युभेन्टसले जिनोआलाई ३–१ गोल अन्तरले पराजित गर्यो । यो जितसँगै युभेन्टसले दोस्रो स्थानको एसी मिलानसँगको दुरी १ अंकमा कायम गरेको छ । नापोलीले साम्पडोरियालाई २–० ले हराउँदा लाजियोले हेल्लास भेरोनालाई तथा रोमाले बोलोग्नालाई समान १–० ले स्तब्ध पारे ।

अर्को खेलमा एटलान्टाले फियोरेन्टिनालाई ३–२ गोल अन्तरले हरायो ।  


प्रतिक्रिया