वेष्टह्यामको च्याम्पियन्स लिग खेल्ने सम्भावना कायमै

वैशाख २१, २०७८ | काठमाडौं

वेष्टह्यामले च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायमै राखेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ३४ औं चरणको खेलमा गएराति बर्नलीलाई २–१ गोल अन्तरले हराउँदै वेष्टह्याम तालिकाको पाँचौ स्थानमा पुगेको हो । 

१९ औं मिनेटबाट १–० ले पछि परेको अवस्था उल्टाउँदै वेष्टह्यामले पुनरागमन जित निकालेको हो । मिचेल एन्टोनियोले दुई गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए । उनले २१ र २९ औं मिनेटमा गोल गर्दै टोलीको जित निश्चित पारेका थिए । 

बर्नलीमाथि दबाब बनाएपनि वेष्टह्यामका अन्य अवसर भने खेर गएका थिए । ३४ खेलबाट ५८ अंकसहित वेष्टह्याम युनाईटेड तालिकाको पाँचौं स्थानमा पुगेको हो । उसले टटनह्यामलाई २ अंकले पछि पारेको छ । 

समान खेलबाट टटनह्यामको ५६ अंक छ । गएराति नै वेष्टब्रोम र वुल्भरहेम्प्टनले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 


प्रतिक्रिया