आईपीएल क्रिकेट अनिश्चित कालका लागि स्थगित

वैशाख २१, २०७८ | काठमाडौं

ईण्डियन प्रेमियर लिग आईपीएल क्रिकेट अनिश्चित कालका लागि स्थगित भएको छ । एक पछि अर्को गर्दै बिभिन्न क्लबका खेलाडिमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि आईपीएलको यो सिजन स्थगित भएको हो । भारतीय क्रिकेट कन्टोल बोर्ड बीसीसीआईले खेलाडि, अफिसियन, खेल पदाधिकारी तथा सहयोगीको सुरक्षालाई ध्यानमा राख्दै प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । 

आज मात्र पनि देल्ली क्यापिटल्सका अमित मिश्रा र सनराईजर्स हैदरावादका ऋद्धिमन साहलाई कोरोना पोजेटिभ पाईएको थियो । हिजो कोलकात्ताका २ खेलाडि र चेन्नई सुपर किङ्सका सीईओ, बलिङ कोच र एक जना स्टाफमा संक्रमण देखिएको थियो । हिजो पनि कोलकात्ता र रोएल च्यालेन्जर्स बैंङ्लोरबीचको खेल पनि स्थगित भएको थियो ।

गत अप्रिल ९ देखि सुरु आईपीएलमा यो सिजन २९ खेल भएका छन् । ८ खेलबाट १२ अंक जोडेको देल्ली शीर्ष स्थानमा छ भने ७ खेलमा एकमा मात्र जित निकालेको सनराईजर्स हैदरावाद २ अंकमा पुछारमा छ । 


प्रतिक्रिया