फ्रेन्च ओपन : महिला एकलतर्फको उपाधिका लागि क्रेजसिकोभा र पेभलेचेन्कोभा भिड्ने

जेष्ठ २८, २०७८ | काठमाडौं

फ्रेन्च ओपनअन्तर्गत महिला एकलतर्फको उपाधिका लागि चेक रिपब्लिककी बारबोरा क्रेजसिकोभा र रसीयन अनास्तासा पेभले चेन्कोभा भिड्ने भएका छन् । 

सेमिफाईनल भिडन्तमा बारबोराले ग्रीसकी मारिया सकारीलाई ३–१ को सेटले हराईन् । तीन घण्टासम्म चलेको प्रतिस्पर्धामा उनले ७–५, ४–६ र ९–७ ले स्तब्ध पारिन् ।

पेभले चेन्कोभाले स्लोभानियाकी टमारा जिडासेकलाई सोझो सेटले हराईन् । ३१ बर्षीय अनुभवी पेभले चेन्कोभाले ७–५ र ६–३ को जित निकाल्दै उपाधि यात्रा तय गरेकी हुन् । महिला एकलतर्फको फाईनल खेल शनिबार हुनेछ ।

पुरुष एकलतर्फको सेमिफाईनलमा आज राती जर्मनीका अलेक्जेण्डर जेभरेभ र ग्रीसका स्टेफानोस सितसिपास तथा सर्बियन नोभाक जोकोभिच र स्पेनी राफायल नाडाल प्रतिस्पर्धा गर्नेछन् ।  


प्रतिक्रिया