युरोकप फुटबल आज सुरु हुँदै, उद्घाटन खेलमा ईटली र टर्की भिड्दै

जेष्ठ २८, २०७८ | काठमाडौं

युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आज सुरु हुँदैछ । युरोपका ११ मुलुकका ११ शहरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा ईटली र टर्की प्रतिस्पर्धा गर्नेछन् । 

ईटलीको रोमस्थित स्टाडीयो ओलम्पिक स्टेडियममा हुने खेल नेपाली समयानुसार राती पौने १ बजे सुरु हुनेछ । उद्घाटन खेलमा घरेलु टोली सहज जितसँगै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । युवा बाहुल्य टर्की पनि ईटलीलाई उसैको मैदानमा हराउने लक्ष्यमा छ ।

२४ टोलीले खेल्ने प्रतियोगितामा सहभागी समुहलाई ६ समुहमा बिभाजन गरिएको छ । सहभागी मध्ये ९ टोलीले युरोकपको उपाधि जितिसकेका छन् । जुलाई ११ सम्म चल्ने प्रतियोगिताको फाईनल खेल लण्डनस्थित वेम्ली स्टेडियममा हुनेछ । हालसम्म उपाधि जितेकामध्ये ग्रीसले भने यो पटक छनोट चरण पार गर्न सकेन । 


प्रतिक्रिया