नेपालले आज अष्ट्रेलियासँग खेल्दै

जेष्ठ २८, २०७८ | काठमाडौं

कतारमा आगामी बर्ष हुने विश्वकप फुटवल तथा एसियन कप फुटवल २०२३ को छनोट खेलमा नेपालले आज बलियो टोली अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेतस्थित जाबेर अल अहमद स्टेडियममा हुने खेल नेपाली समयानुसार राती पौने १० बजे सुरु हुनेछ ।

एसियाली पावरहाउस अष्ट्रेलियाविरुद्ध मैदान उत्रदा नेपाल आफ्नो प्रर्दशन सुधारको लक्ष्यमा हुनेछ । छनोटमा २ जित र ५ हार भोगेको नेपाल विश्वकप छनोटमा अपराजित रहेको अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो । विश्वकप छनोट हुन नसकेपनि नेपालको एसियन छनोटको अर्को चरण प्रवेशको सम्भावना कायमै छ । 

टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बलियो टोली अष्ट्रेलियाविरुद्ध नेपालले उत्कृष्ट खेल खेल्ने बताए । नतिजा आफ्नो ठाउँमा भएपनि नेपालले राम्रो प्रर्दशन गर्ने उनको भनाई छ ।

५ पटक विश्वकप फुटवल खेलिसकेको अष्ट्रेलिया नेपाललाई हराउँदै छनोटको अर्को चरण प्रवेश गर्न चाहन्छ । यसअघि क्यानबेरामा भएको पहिलो लेगमा अष्ट्रेलियाले ५–० को जित निकालेको थियो । नेपालविरुद्ध मैदान उत्रदा अष्ट्रेलिया भने फराकिलो नतिजाको खोजीमा हुनेछ ।

समुह बी अन्तर्गतको खेलमा आजै राती जोर्डन र कुवेत पनि आमने सामने हुनेछन् । 


प्रतिक्रिया