इङ्गल्याण्ड र क्रोएसिया नकआउट चरणमा

असार ९, २०७८ | काठमाडौं

इङ्गल्याण्ड र क्रोएसिया युरोकप फुटवलको नकआउट चरणमा प्रवेश गरेका छन् । समुह डी अन्तर्गत गएराति भएको खेलमा चेक रिपब्लिकलाई १ शुन्य गोल अन्तरले हराउँदै इङ्गल्याण्ड अन्तिम १६ मा पुग्न सफल भएको हो ।

 समुहचरणको अन्तिम खेलमा रहिम स्टर्लिङ्गले गरेको एक मात्र गोल निर्णायक बन्यो । जितसँगै समुह विजेता बन्दै इङ्गल्याण्डले आगामी यात्रा तय गरेको हो ।

यसैगरी गएराती भएको अर्काे खेलमा स्कटल्याण्डमाथि क्रोएसियाले ३–१ गोलको शानदार जित निकालेको छ । स्कटल्याण्डको घरेलु मैदानमा भएको खेलमा क्रोएसियाका स्टार खेलाडीहरु इभान पेरिसिक, लुका मोड्रिच, र निकाला भ्लासिचले गोल गरे । जितसँगै क्रोएसिया अन्तिम १६ मा पुग्न सफल भएको हो ।      


प्रतिक्रिया