पाराओलम्पिकमा सहभागि हुन नेपाली टोली जापान जादै

भाद्र ४, २०७८

टोकियो पाराओलम्पिकमा सहभागी हुन नेपाली टोली आज जापान जादैछ । पाराओलम्पिकमा सहभागिता जनाउन १ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली जापान जाने छन् ।

नेपाली टोली साँझ जापान प्रस्थान गर्ने तालिका रहेको छ । आगामी मंगलबारबाट सुरु हुने पारालिम्पिकमा नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्दैछिन् । पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । 

ओलम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, सरोज श्रेष्ठ सेफ दि मिसन, डा. दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी हुँदै छन् ।   


प्रतिक्रिया