एएफसी यू–२० वुमन्स एसियन कप छनोटको ड्र सार्वजनिक

वैशाख १५, २०८२ | काठमाडौं

एएफसी यू–२० वुमन्स एसियन कप छनोटको ड्र सार्वजनिक भएको छ । मलेसियामा आज भएको ड्र अनुसार नेपाल साविक विजेता उत्तर कोरियासँगै समूह ए मा परेको छ । 

सो समूहमा नेपाल र उत्तर कोरियासँगै भुटान, मंगोलिया र साउदी अरेबिया छन् । नेपाल रहेको समूह ए का खेलहरु भुटानमा हुनेछन् । सन् २०२४ मा भएको यू–२० वुमन्स एसियन कपको पहिलो चरणको छनोट पार गर्दै नेपाल दोस्रो चरणमा सम्म पुगेको थियो । यस पटक सिधै एक चरणको छनोट मात्र हुनेछ । एसियाका ३३ राष्ट्रलाई विभिन्न ८ समूहमा बाँडिएको छ । 

नेपाल रहेको समूह ए मा पाँच टिम रहँदा अन्य ७ समूहमा चार–चार टिम छन् । क्वालिफायरका खेलहरु आगामी अगष्ट २ देखि १० सम्म हुनेछ । छनोट चरणबाट ११ राष्ट्र अर्को वर्ष अप्रिलमा थाइल्याण्डमा हुने एएफसी यू–२० वुमन्स एसियन कपमा छनोट हुनेछन् । थाइल्याण्ड भने आयोजकको हैसियतमा स्वत छनोट भइसकेको छ । 


प्रतिक्रिया