वेस्टइन्डिजका हेमराजले विराटनगरबाट इपीएल खेल्ने

भाद्र २७, २०७८ | काठमाडौं

विराटनगर वारियर्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग इपीएल क्रिकेटका लागि वेस्ट इन्डिजका हेमराज चन्द्रपाललाई अनुबन्ध गरेको छ । विराटनगरले हेमराजलाई तेस्रो विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको हो । 

विराटनगरले यसअघि जिम्बावेका अलराउण्डर सिकन्दर राजा र क्यानडाका रायन पठानलाई अनुबन्ध गरेको थियो । हेमराजले वेस्टइन्डिजका लागि ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । 

चौंथो संस्करणको ईपीएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।


प्रतिक्रिया