च्याम्पियन्स लिगः म्यानचेस्टर युनाइटेड र बार्सिलोना पराजित

स्काई स्पोर्टस् 

भाद्र ३०, २०७८ | एजेन्सी

च्याम्पियन्स लिगको पछिल्लो खेलमा फुटबल जायन्ट म्यानचेष्टर युनाइटेड र बार्सिलोना पराजित भएका छन् । म्यानचेष्टर युनाइटेड योङ्ग बोइजसँग २–१ गोल अन्तरले पराजित भएको हो । खेलको १३ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेपनि ३५ औं मिनेटमा १० खेलाडीमा सीमित भएको म्यान युनाइटेड हार भोग्न बाध्य भयो ।

आरोन भान बिशाका रातो कार्ड खाँदै बाहिरिएपनि सम्हालिएको प्रदर्शन गरेको म्यान युनाइटेडविरुद्ध योङ्ग बोइजका निकोलस गामालेउले ६६ औं र अतिरिक्त समयमा थियोसन जोर्डन सिमाचेउले गोल गरे ।

यसैबीच, च्याम्पियन्स लिगकै गएराती भएको अर्को खेलमा बार्सिलोना बार्यन म्युनिखसँग ३–० को फराकिलो अन्तरले पराजित भएको छ । रोबर्ट लेवान्डोस्किले दुइ गोल गरेको खेलमा थोमस मुलरले एक गोल गरे । लिगको अन्य खेलमा भिया रियल र एटलान्टाले २–२ को बराबरी गरेका छन् । भने डाइनामो किभले बेनफिकासँग गोलरहित बराबरी गर्दै अंक बाँडेका छन् ।  


प्रतिक्रिया