च्याम्पियन्स लिग: म्यानचेस्टर सिटी, लिभरपुल, पिएजी र रियल मड्रिडलाई सफलता

कार्तिक ३, २०७८ | एजेन्सी

च्याम्पियन्स लिग फुटवलका पछिल्ला खेलमा म्यानचेस्टर सिटी, लिभरपुल, रियल मड्रिड र पेरिस सेन्ट जरमाइन (पिएसजी) ले जित हात पारेका छन् । इङलिस क्लव सिटीले समूह एको खेलमा बेल्जियमको क्लव ब्रुगेसलाई ५–१ ले पराजित गर्‍यो । जितपछि सिटी ६ अंकसहित समूहको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानको पेरिस सेन्ट जरमाइन (पिएसजी) ले लिओनल मेसीको दुई गोलमा जर्मन क्लव आरबी लाइप्जिगलाई ३–२ ले हरायो । जितसँगै पिएसजीको ७ अंक भएको छ । 

लिभरपुलले समूह बीको एथलेटिको मड्रिडलाई ३–२ ले हरायो । अर्को खेलमा रियल मड्रिडले सख्तर डोनेस्कलाई ५–० ले पराजित गर्‍यो । 


प्रतिक्रिया