च्याम्पियन्स लिग: बार्यन म्युनिख, म्यानचेष्टर युनाइटेड, भिया रियल, चेल्सी र युभेन्टसको जित

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७८ | एजेन्सी

च्याम्पियन्स लिगको समूहगत चरणमा बार्यन म्युनिख, म्यानचेष्टर युनाइटेड, भिया रियल, चेल्सी र युभेन्टसले जित निकालेको दिन लील र सेभियाले बराबरी खेलेका छन् ।

बायर्नले पोर्चुगिज क्लब बेन्फिकामाथि ४–० को सानदार जित निकालेको हो । बायर्नको जितमा लिरोए सानेले दुई र रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । थप गोल उसले उपहार पाएको थियो ।

म्यानचेष्टर युनाइटेडले भने नाटकीय जित निकाल्यो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा पहिलो हाफमा नै २–० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै ३–२ को जित दर्ता गरेको हो । मारियो पासलीच र मेरिह डेमिरालले गोल गरेपछि म्यान युनाइटेड पहिलो हाफको २९ औं मिनेटमै २–० ले पछि परेको थियो । दोस्रो हाफमा मार्कस रासफोर्ड र ह्यारी मग्वाएरले गोल गरेपछि ७५ औं मिनेटमा युनाइटेडले बराबरी गरेको थियो । ८१ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेपछि युनाइटेडले समूहगत चरणमा दोस्रो जित दर्ता गरेको हो ।

त्यस्तै भिया रियलले योङ ब्वाइजलाई ४–१ ले हरायो । डिफेण्डिङ च्याम्पियन चेल्सीले घरेलु मैदानमा स्वीडिस क्लब माल्मोमाथि ४–० को फराकिलो जित निकालेको छ । चेल्सीको फराकिलो जितमा जर्गिन्होले दुई तथा एन्ड्रिएस क्रिस्टेन्सेन र काई हाभर्टजले समान एक गोल गरे ।

उता, इटालियन क्लब युभेन्ट्सले समूह चरणमा लगातार तेस्रो जित निकाल्ने क्रममा रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई पराजित गरेको छ । युभेन्ट्सले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो ।

समूह जीमा लील र सेभियाले भने गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । 


प्रतिक्रिया